काठमाडौं– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी विवादको मुद्दामा संवैधानिक इजलासमा सुनुवाइ जारी छ।
रविले अमेरिकी नागरिकता नत्यागी नेपालमा राजनीतिक दल खोलेको, निर्वाचनमा भाग लिएको तथा विजयी भएकाले उनको सांसद पद खारेजीको माग गर्दै दायर भएको रिटमा शुक्रबार संवैधानिक इजलासमा बहस भइरहेको छ।
रिट निवेदकका पक्षबाट बहस गर्दै अधिवक्ता रमण कर्णले भिसा लगाएर नेपाल आउने व्यक्ति कसरी नेपाली हुन्छ? भन्दै प्रश्न गरेका छन्।
‘उहाँ (रवि लामिछाने) नेपाल आउँदा भिसा लिएर आउनुभएको छ। अनि कसरी नेपाली हुनुभयो?’ अधिवक्ता कर्णले प्रश्न गरे, ‘अध्यागमन नियमावलीले भिषा लिने कुरा उल्लेख गरेको छ। त्यही प्रक्रिया पूरा गरेर उहाँले भिसा लिनुभएको छ। भिसा लिँदा राष्ट्रियता खुलाउनु पर्छ। उहाँले कुन खुलाउनु भएको छ?’
देशको माया लागेको भए रविले ३–३ वर्षसम्म किन अमेरिकी राहदानी बोकेर नेपालमा बसेको भन्दै कर्णले प्रश्न गरे।
‘देशको यत्रो माया लागेको व्यक्तिले ३–३ वर्ष किन अमेरिकी पासपोर्ट वोकेर बस्नुभयो? नेपाली हुने चाहाना हो भने आउनेवित्तिकै निवेदन दिनु पर्ने वा त्याग्नु पर्ने हो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।