काठमाडौं– ६ जनाको ज्यान जानेगरी बिहीबार राति पाल्पामा भएको बस दुर्घटनाको घटनाप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुःख व्यक्त गरेका छन्। प्रधानमन्त्री प्रचण्डले बस दुर्घटनामा ज्यान गुमाएका यात्रुप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन्।
प्रधानमन्त्री प्रचण्डले शुक्रबार ट्विट गर्दै दुर्घटनामा मृत्यु भएका नागरिकका आफन्तजनमा समवेदना प्रकट गरेका छन्।
पाल्पाको रैनादेवीछहरा गाउँपालिका–८ टाडीस्थित सालझण्डी–ढोरपाटन सडकखण्डमा बिहीबार राति बस दुर्घटना हुँदा ६ जनाको ज्यान गएको थियो। दुर्घटनामा परी १८ जना घाइते भएका छन्।
प्रधानमन्त्री प्रचण्डले दुर्घटनाका घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। उनले सार्वजनिक यातायात सुरक्षित र मर्यादित तुल्याउन भूमिका खेल्न सबैमा अपिल समेत गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।