काठमाडौं– नेकपा (एमाले) प्रदेश नं १ को प्रमुख सचेतकमा प्रदेशसभा सदस्य रेवतीरमण भण्डारी चयन भएका छन्।
संसदीय दलको बिहीबार बसेको बैठकले भण्डारीलाई प्रमुख सचेतकमा चयन गरेको हो। नवनियुक्त प्रमुख सचेतक सुनसरी निर्वाचन क्षेत्र नं २ (क) बाट निर्वाचित प्रदेश सभा सदस्य हुन्।
प्रदेश सभामा एमालेका प्रत्यक्षतर्फ २५ र समानुपातिकतर्फ १५ गरी कुल ४० सदस्य छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।