काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समिति अन्तर्गतको अनुगमन तथा अनुशासन उपसमितिले गठबन्धनबाट भएको लाभहानीका विषयमा नेतृत्वलाई जवाफ दिन सुझाव दिएको छ।
आनन्द ढुंगाना संयोजक र कृष्णप्रसाद पौडेल सहसंयोजक रहेको समितिले बिहीबार प्रतिवेदन सार्वजनिक गर्दै यस्तो सुझाव दिएको हो। समानुपातिकतर्फ कांग्रेसले पाएको मत र प्रत्यक्षतर्फ जितेको सिटका विषयमा प्रतिवेदनमा उल्लेख गरिएको छ।
पार्टीले अब अवलम्बन गर्नुपर्ने विषय पनि प्रतिवेदनमार्फत् सुझाइएको ढुंगानाले बताए। यो प्रतिवेदन केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालमान श्रेष्ठले आउँदो केन्द्रीय समिति बैठकमा पेस गर्नेछन्।
संयोजक ढुंगानाले सामाजिक सञ्जाल र बौद्धिक वर्ग रहेको ठाउँमा पार्टीको चुनावी रणनीति परिवर्तन र युवालाई अवसर दिन सुझाव दिएको उल्लेख गरेका छन्।
सहरमा स्वतन्त्र तथा नयाँ पार्टीहरूको आगमन, ग्रामिण इलाकामा कम्युनिस्टलाई मत जाँदा पार्टीले समानुपातिकमा ठूलो क्षति व्यहोर्नुपरेको प्रतिवेदनको निष्कर्ष छ।
यस्तो छ प्रतिवेदनको सारांश :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।