काठमाडौं– नेकपा (एकीकृत समाजवादी)को सचिवालयको बैठकले महासचिव डा वेदुराम भुसालको संयोजकत्वमा चार सदस्यीय वाम एकतासम्बन्धी कार्यदल गठन गरेको छ।
बिहीबार बसेको एकीकृत समाजवादीको ४५ औं सचिवाालय बैठकले महासचिव भुसालसहित गंगालाल तुलाधर, प्रकाश ज्वाला र विजय पौडेल गरी चार सदस्य रहेको वाम एकतासम्बन्धी कार्यदल गठन गरेको पार्टी प्रवक्ता जगनाथ खतिवडाले जानकारी दिए।
वाम एकताको लागि आफ्नो पार्टी एकीकृत समाजवादीले नै पहल कदमी चाल्ने दाबी गर्दै उनले त्यसका लागि कार्यदल बनाएको बताए।
एकीकृत समाजवादी दुई वर्षअघि नेकपा (एमाले)बाट अलग भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।