काठमाडौं– नेकपा एमाले का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल बिहीबार बंगलादेश प्रस्थान गरेका छन्।
बंगलादेश क्रान्तिकारी श्रमिक पार्टीको १०औं महाधिवेशनमा एमाले का तर्फबाट अतिथिका रुपमा सहभागी हुन पोखरेल बिहीबार दिउँसो १ बजे ढाका प्रस्थान गरेका हुन्।
पोखरेलले शुक्रबार महाधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। पोखरेलसँगै नेकपा एमाले विदेश विभाग सदस्य दीपेन्द्र श्रेष्ठ पनि महाधिवेशनमा सहभागी छन्। एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल २ दिनपछि नेपाल फर्किनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।