काठमाडौं– राष्ट्रिय सभाको उपनिर्वाचन आउँदो माघ २५ गते हुने भएको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभाको उपनिर्वाचन माघ २५ गते गर्ने निर्णय गरेको हो। राष्ट्रिय सभामा लुम्बिनी प्रदेशतर्फको एक सिट रिक्त छ।
लुम्बिनी प्रदेशबाट निर्वाचित खिमलाल भट्टराईले प्रतिनिधि सभा सदस्य निर्वाचनअघि राजीनामा दिएपछि रिक्त रहेको सो पदका लागि निर्वाचन हुने भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।