काठमाडौं– बागमती प्रदेशका प्रदेश प्रमुखले मुख्यमन्त्रीको दाबी पेस गर्न दलहरुलाई आह्वान गरेका छन्। प्रदेश प्रमुख यादवचन्द्र शर्माले एक सूचना जारी गर्दै सरकार गठनका लागि मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका हुन्।
निर्वाचन आयोगले निर्वाचन परिणाम प्रतिवेदन बुझाएपछि संविधानको धारा १६८ को उपचारा एक बमोजिम कुनै पनि दलहरुको बहुमत नदेखिएकाले धारा १६८ को उपचारा २ अनुसार प्रदेशमा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सांसदलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न भनिएको छ।
प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नका लागि पौष २५ गते बेलुका ४ बजेसम्मको समयावधि दिइएको छ। उक्त समयभित्र बहुमतसहित मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुख शर्माले आह्वान गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।