काठमाडौं– सत्ता साझेदार दलहरुको बैठक जारी छ। प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसिरहेको हो।
बैठककमा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी छन्।
सत्ता साझेदार दलहरु सरकारको न्यूनतम साझा कार्यक्रमको अन्तिम तयारीमा छन्। त्यस्तै, प्रधानमन्त्री प्रचण्डले पुस २६ गते विश्वासको मत लिने तयारी गरेका छन्। त्यसपछि मन्त्रिपरिषद् विस्तार गर्ने उनको तयारी छ। साथै, विभिन्न महत्त्वपूर्ण पदहरुमा बाँडफाँटको पनि तयारी चलिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।