काठमाडौं– साप्ताहिक कारोबारको चौथो दिन आज (बुधबार) सेयर बजार उच्च अंकले बढेर २१ सयको बिन्दुभन्दा माथि पुगेको छ। बुधबार सेयर बजार परिसूचक (नेप्से) ६४.८७ अंकले बढेर २१२५.९४ विन्दुमा पुगेको छ।
यस्तै, सेन्सेटिभ इन्डेक्स १४.०९ अंकले बढ्यो भने फ्लोट इन्डेक्स ४.२८ र सेन्सेटिभ फ्लोट इन्डेक्स ४.८८ अंकले बढ्यो। नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनलाई संशोधन गर्ने चर्चाको सकारात्मक असर बुधबार सेयर बजारमा देखियो।
बुधबार नेप्से परिसूचकसँग कारोबार रकम पनि बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार सेयर बजारमा कूल ८७ लाख ३३ हजार ५४२ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ५० करोड ११ लाख ४२ हजार रुपैयाँको कारोबार भयो। मंगलबार भने सेयर बजारमा ३ अर्ब ४५ करोड रुपैयाँको कारोबार भएको थियो।
बुधबार २०७ कम्पनीको सेयरमूल्य बढ्दा ५ कम्पनीको मूल्य घट्यो। कालिका लघुवित्त, साल्ट ट्रेडिङ लिमिटेड, किसान लघुवित्त, नाडेप लघुवित्त, पिपुल्स पावर, हिमालयन डिस्टिलरी, खप्तड लघुवित्तको सेयरमूल्य १० प्रतिशतले बढ्यो। यस्तै, २२ वटा कम्पनीको सेयरमूल्य ९ प्रतिशतभन्दा बढीले बढ्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।