काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको छ। दुई नेताबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा भेट भएको हो।
प्रधानमन्त्री प्रचण्डले पुस २६ गते प्रतिनिधि सभामा विश्वासको मत लिने विषयमा छलफल भएको प्रधानमन्त्री प्रचण्डनिकट स्रोतले जानकारी दिएको छ। प्रधानमन्त्री प्रचण्डले केही दिन अगाडि नेपालसँग भेट गरेर सरकारलाई समर्थन गरी सरकारमा आउन भनेका थिए।
एकीकृत समाजवादीले भने सरकारलाई समर्थन गर्ने वा नगर्ने भन्नेबारे निर्णय गरिसकेको छैन। एकीकृत समाजवादीको पोलिटब्यूरो बैठकले सरकारलाई समर्थन गर्ने विषयमा निर्णय गर्ने जिम्मा केन्द्रीय सचिवालयलाई दिएको छ।
अध्यक्ष नेपालले बुधबार नै काठमाडौंमा आयोजित एक कार्यक्रममा सरकारलाई समर्थन गर्ने वा नगर्नेबारे पुस २६ गतेसम्म निर्णय लिइने बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।