धनगढी– नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको नेतामा कमलबहादुर शाह चयन भएका छन्। संसदीय दलको नेतामा शाह निर्विरोध निर्वाचित भएका हुन्।
कांग्रेसको प्रदेश संसदीय दलको नेताका लागि ६ जना प्रदेश सभा सदस्यहरु आकांक्षी थिए। सुरुमा सर्वसम्मत रुपमा नेता टुंग्याउने प्रयास गरिए पनि सहमति नजुटेपछि निर्वाचनमा जाने निर्णय भएको थियो।
जसअनुसार निर्वाचन समितिले बुधबारका लागि निर्वाचन कार्यक्रम पनि तय गरेको थियो। तर, उम्मेदवारी दर्ताका क्रममा शाहको मात्रै एकल उम्मेदवारी परेको हो। एकल उम्मेदवारी परेपछि शाह निर्विरोध निर्वाचित भएका नेपाली कांग्रेस प्रदेश संसदीय दलको नेता चयनका लागि गठित निर्वाचन समितिका संयोजक लोकराज अवस्थीले जानकारी दिए।
शाहको प्रस्तावक बहादुरसिंह थापा थिए भने समर्थक प्रकाश देउवा रहेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।