काठमाडौं– पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले सरकारलाई सात बुँदे सुझाव दिएका छन्।
पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले ल्याउन लागेको न्यूनतम साझा कार्यक्रमका लागि सात बुँदे सुझाव दिएका हुन्।
सामाजिक सञ्जाल ट्विटरमार्फत् पोखरेलले ‘घुस खान्नौं, नपुग्ने कुरा बोल्दैनौं, सुशासनका लागि संरचना प्रक्रिया प्रणाली बनाउँछौं, हाम्रा होइन राम्रालाई मौका दिन्छौं, दलीयकरण गर्दैनौं’ भन्ने सुझाव दिएका छन्।
त्यसैगरी, ‘राज्यको शक्ति श्रोत साधन दुरुपयोग गर्दैनौं, कानुनी शासन प्रत्याभूत गर्छौं’ भन्ने कुरालाई आत्मसाथ गर्नुपर्ने पोखरेलको सुझाव छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।