काठमाडौं– निर्वाचन समीक्षाका लागि २२ गते बोलाइएको कांग्रेस केन्द्रीय समितिको बैठक सरेको छ। कांग्रेस केन्द्रीय पार्टी कार्यालयले एक विज्ञप्ति जारी गर्दै २२ गतेको बैठक २८ गतेका लागि सारिएको जानकारी दिएको छ।
पुस २५ गते संसद्को पहिलो बैठकलाई मध्येनजर गर्दै पार्टीको बैठक सारिएको बताइएको छ। साथै कांग्रेसले प्रतिनिधि सभाको पहिलो बैठकको तयारी लागि २३ गते पार्टीको संसदीय दलको बैठक राखेको छ।
कांग्रेसले संसद् बैठकको तयारी स्वरुप छलफल गर्न संसदीय दलको बैठक बोलाएको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।