धनगढी– सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि यही पुस २७ गतेभित्र दाबी पेस गर्न आह्वान गरिएको छ।
प्रदेश प्रमुख देवराज जोशीले प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनसहित पुस २७ गते साँझ ५ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न भनिएको छ।
नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम प्रदेश सभामा कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेका संविधानको धारा १६८ को उपधारा (२) अनुसार दाबी पेस गर्न भनिएको हो।
५३ सदस्यीय प्रदेश सभामा नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एकीकृत समाजवादीका चार, राप्रपाका एक र स्वतन्त्र एक सांसद छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।