धनगढी– नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको नेता चयन गर्न निर्वाचन हुने भएको छ। सहमतिका आधारमा दलको नेता चयन गर्ने प्रयास असफल भएपछि आज (बुधबार) निर्वाचन हुन लागेको हो।
निर्वाचन समितिले बुधबार मध्याह्न १२ बजेदेखि निर्वाचन प्रक्रिया सुरु भएको जनाएको छ। मध्याह्न १२ बजे मतदाता नमावली प्रकाशन भएको छ। यस्तै, दिउँसो १:३० बजेदेखि २:३० बजेसम्म उम्मेदवारहरुको मनोनयन हुने जनाएको छ।
दलको नेता चयनका लागि बुधबार साँझ ४ बजेदेखि ५ बजेसम्म मतदान हुने निर्वाचन समितिका संयोजक लोकराज अवस्थीले जानकारी दिएका छन्।
सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको नेताका लागि नेपाली कांग्रेसका ६ जना प्रदेश सभा सदस्य आकांक्षी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।