काठमाडौं– नेकपा एमाले मधेस प्रदेश सभा संसदीय दलको नेतामा सरोज यादव चयन भएका छन्। मधेस प्रदेश पार्टी कमिटीले यादवलाई संसदीय दलको नेता चयन गरेको हो।
मंगलबार जनकपुरमा एमाले संसदीय दलको बैठक बसेको थियो। आकांक्षी बढी भएपछि दलको नेता चयन गर्ने जिम्मा प्रदेश कमिटीलाई दिइएकामा उक्त कमिटीले यादवको नाम चयन गरेको एमाले नेता सोमप्रसाद शर्माले जानकारी दिए। एमाले केन्द्रीय सदस्यसमेत रहेका यादव महोत्तरी क्षेत्र नम्बर ४ (१)बाट प्रदेश सभा सदस्य निर्वाचित भएका थिए।
दलको नेताका लागि एमाले केन्द्रीय सदस्यसमेत रहेका रामचन्द्र मण्डल, हरिनारायण महतो, राजकुमार लेखी, शारदादेवी थापालगायत दाबेदार थिए। मधेस प्रदेशको सबैभन्दा ठूलो दल एमालेका प्रदेश सभामा २३ सांसद छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।