काठमाडौं– चरेश लिएर भारत जाँदै गरेका एक व्यक्तिलाई सशस्त्र प्रहरी बलले बाराकोे सूवर्ण गाउँपालिका– ३ सन्तगञ्ज सीमा इलाकाबाट नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा भारतको मोतीहारीका ३० वर्षीय राज कुमार छन्। उनलाई सशस्त्रको बारास्थित बीओपी कबहीगोठले दुई केजी चरेशसहित मंगलबार नियन्त्रणमा लिएको हो।
मोटरसाइकलमा सवार ती व्यक्तिको साथबाट उनको चारवटा प्याकेटमा राखिएको चरेशलगायत केही भारतीय तथा नेपाली रुपैयाँ, भारतीय आधार कार्ड, ब्लु बुक र लाइसेन्ससमेत फेला पारेको सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले बताए।
बरामद भएको चरेश र अन्य समाग्रीसहित उनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बारामा बुझाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।