काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डर राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएको छ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा राष्ट्रिय सभामा रिक्त रहेका उपाध्यक्ष पद र एक स्थानका लागि संसद्को चुनावका विषयमा छलफल भएको बताइएको छ।
साथै, कोरला नाकामा भन्सारको लागि आवश्यक पूर्वाधार निर्माणमा बजेट विनियोजन गरी पूर्वाधार निर्माण गर्ने विषयमा पनि छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
यसका साथै, उनीहरूबीच राष्ट्रिय सभाबाट पारित पाँचवटा विधेयकसम्बन्धी छलफलसमेत भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।