काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुक थप जटिल मोडतर्फ जानसक्ने भन्दै चिन्ता ब्यक्त गरेका छन्।
पुष २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने तयारीका सन्दर्भमा आयोजित कार्यक्रममा थापाले अहिलेको सत्ता गठबन्धनले सबै समस्या समाधान गर्नेमा जनता विश्वस्त नभएको टिप्पणी गरेका हुन्।
‘अहिले मुलुकको विद्यमान संरचनागत त्रुटिका कारण संसद्को आयु पनि पूर्णकालिन नहुने आशंका छ,’ उनले भने।
मुलुकको राष्ट्रियता र स्वाभिमान कमजोर बन्ने तथा विदेशी प्रभाव र हस्तक्षेप बढ्न सक्नेतर्फ राष्ट्रवादी शक्तिहरू चनाखो हुनुपर्नेमा उनको जोड थियो।
थापाले राप्रपा नेपाल आगामी दिनमा नयाँ शिराबाट नयाँ उर्जाका साथ अघि बढ्नेसमेत बताए। राप्रपा नेपालले अंगिकार गरेको मार्गचित्र मुलुकको लागि अहिले झन् आवश्यक रहेको उनको टिप्पणी थियो।
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस चियापानसहित प्रवचन गोष्ठी आयोजना गरेर भव्यताका साथ मनाउने निर्णय भएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।