• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, जेठ १२, २०८३ Tue, May 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सुदूरपश्चिमको सभामुखमा कुन दलले मार्ला बाजी? यस्ता छन् ५ समीकरण!

64x64
नेपाल लाइभ बुधबार, पुस २०, २०७९  ०७:०६
1140x725

धनगढी– सुदूरपश्चिम प्रदेशको सभामुखका लागि पुष २८ गते निर्वाचन गर्नेगरी मिति तय भइसकेको छ।

नवनिर्वाचित प्रदेश सभा सदस्य तथा ज्येष्ठ सदस्य मानबहादुर रावलले सोमबार बसेको दोस्रो कार्यकालको प्रथम बैठकमा ‘पुस २८ गते दिनको १ बजे सभामुखको निर्वाचन गराउने गरी कार्यतालिका बनाइ सूचना टाँस गर्न’ प्रदेश सभा सचिवालयका सचिवलाई निर्देशन दिए।

सभामुखको निर्वाचन मिति तय भए पनि दलहरुबाट को सभामुख बन्छ भन्ने निश्चित हुन सकेको छैन। प्रदेशमा दलबाट निर्वाचित प्रदेश सभा सदस्यहरुले मुख्यमन्त्री तथा मन्त्रालयमा नजर पुर्याउनु र केन्द्रको समीकरणको टुङ्गो नलाग्दा दलहरुबाट सभामुखका आकांक्षीहरुको टुङ्गो लाग्न सकेको छैन।

प्रदेशमा सर्वसम्मत ढंगले सभामुख चयन हुने सम्भावना छैन। नेपाली कांग्रेसबाट निर्वाचित मेघराज खडकाले भने, ‘हामी अल्पमत वा बहुमतमा परे पनि सभामुखमा हाम्रो उम्मेदवारी हुनेछ। यहाँ सर्वसम्मत सभामुख चयन हुने छैन।’

प्रदेशमा सबैभन्दा ठूलो दल बनेको कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया अघि नबढाएकोले सभामुख को बन्नेबारे पनि अनिर्णित छ। उनले भने, ‘दलको बैठक बस्न सकेको छैन। हामीले छलफल गरेर नै सभामुख, उपसभामुखको उम्मेदवार टुङ्गो लगाउने छौं।’ उनले सम्भवतः यही हप्ताभित्र कांग्रेसले दलको नेता र सभामुख तथा उपसभामुखको उम्मेदवार टुङ्गो लगाउने बताए।

नागरिक उन्मुक्ति पार्टीका प्रदेश सभामा सात सदस्य निर्णायक हुँदा सरकारको समीकरण कस्तो हुन्छ भन्नेमा पनि दलहरु अनिर्णायक छन्। मुख्यमन्त्रीको दाबीसहित सरकारमा जाने अठोट लिएको उन्मुक्ति केन्द्रको समीकरणमा साथ दिन्छ वा नयाँ समीकरण बनाउँछ भन्ने पनि टुङ्गो छैन। 

सो पार्टीका संसदीय दलका नेता रामेश्वर चौधरीले भने, ‘प्रदेशको मुख्यमन्त्रीमा हाम्रो दाबी रहेको छ। म मुख्यमन्त्रीका लागि योग्य पनि छु। त्यहीअनुसार अघि बढ्छौं।’ 

उन्मुक्ति पार्टीका जिल्ला अध्यक्ष तथा प्रदेश सभा सदस्य कैलाश चौधरीले सभामुख तथा उपसभामुखबारे दलभित्र छलफल नभएको बताए। उनले भने, ‘हाम्रा मागहरु पूरा नभएसम्म सरकारमा नजाने निर्णय भएको छ। सभामुख तथा उपसभामुखमाबारे छलफल गर्छौ। यसबारे केही दिनमै निर्णय हुनेछ।’ 

nimb
nimb
Ncell 2
Ncell 2

नेकपा (एमाले)बाट प्रदेश सभामा निर्वाचित प्रदेश सभा सदस्यले धर्मराज पाठकले भने, ‘हामीले मुख्यमन्त्रीमा दाबी गरिरहेका छौं। केन्द्रको समीकरणको टुङ्गो नलाग्दा यहाँ कुन दलले कुन पद लिनेबारे पनि अनिश्चित भएको छ। केही दिनमै यसबारे केन्द्रले टुङ्गो लगाए पनि सभामुख र उपसभामुख जुन पद पायो दलले सोहीअनुसार उम्मेदवार चयन गर्नेछ।’

केन्द्रको समीकरणका आधारमा प्रदेशमा एमालेले सभामुख पद पाएमा सन्तोषीकुमारी शर्मा (थापा) सम्भावित उम्मेदवार हुने देखिन्छ। सन्तोषी संसदीय दलको उपनेतासमेत हुन्।

नेकपा (माओवादी केन्द्र)का प्रदेश सभा सदस्यहरु पनि केन्द्रको समीकरणको पर्खाइमा छन्। माओवादी केन्द्रबाट प्रदेश सभामा निर्वाचित रमेश धामीले भने, ‘केन्द्रको निर्देशनका आधारमा प्रदेशमा विभाजन गरिएका पदमा हाम्रा प्रदेश सभा सदस्यको उम्मेदवार चयन हुनेछ। अहिलेसम्म सभामुख र उपसभामुख कुन पद पाउने निश्चित नहुँदा दलभित्र छलफल भएको छैन।’ उनले दलभित्र अहिलेसम्म छलफल नहुँदा सभामुख तथा उपसभामुख पदका आकांक्षी नदेखिएको बताए।

प्रदेश सभाको पहिलो कार्यकालमा यस प्रदेशमा मुख्यमन्त्री माओवादी केन्द्र, सभामुख एमाले र उपसभामुख माओवादी केन्द्रको भागमा थियो। केन्द्रको नयाँ समीकरणका आधारमा पनि यस प्रदेशमा मुख्यमन्त्रीको दाबी माओवादी केन्द्रले गरिरहेको छ। 

यस्ता छन् सम्भावित ५ समीकरण :

१. केन्द्र समीकरण

केन्द्रको समीकरणलाई कायम गराउन यस प्रदेशमा नागरिक उन्मुक्तिलाई मुख्यमन्त्री पद र अन्यमा माओवादी केन्द्र तथा एमालेमा पद बाँडफाँड गर्दा केन्द्रको समीकरणले स्पष्ट बहुमत पाउने छ। मुख्यमन्त्री उन्मुक्तिले पाएमा एमालेले सभामुख र माओवादी केन्द्रले उपसभामुख पद लिने सम्भावना रहन्छ। 

प्रदेशमा यस समीकरणका आधारमा स्पष्ट बहुमत रहेको छ। एमालेका १०, माओवादी केन्द्रका ११, नागरिक उन्मुक्तिका सात र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक गरी २९ पुग्छ। ५३ सदस्यीय रहेको यस प्रदेशमा बहुमत पाउन २७ सदस्यीय आवश्यक रहन्छ।

संविधानको धारा ९१ (२)मा सभामुख र उपसभामुख फरक–फरक राजनीतिक दलको प्रतिनिधि हुनुपर्ने भन्ने व्यवस्था गरेको छ।

२. एमाले–माओवादी केन्द्र–एकीकृत समाजवादी–राप्रपा समीकरण

मुख्यमन्त्री माओवादी केन्द्रका बनाएर अन्य पदमा सभामुख तथा उपसभामुख माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीलाई बनाइ नयाँ समीकरणबाट पनि प्रदेश सरकार गठन गर्न सकिने देखिन्छ। तर, यस समीकरणमा बहुमत पुर्‍याउन प्रदेश सभाका स्वतन्त्रतर्फका सदस्यलाई पनि मिलाउनुपर्ने हुन्छ।

एमालेका १०, माओवादी केन्द्रका ११, एकीकृत समाजवादीका चार, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का गरी २६ जना प्रदेश सभा सदस्य पुग्छन्। यस समीकरणमा स्वतन्त्रको साथ लिए नयाँ समीकरणको सरकार बनाउने सम्भावना देखिन्छ।

३. कांग्रेस–उन्मुक्ति–स्वतन्त्र समीकरण

कांग्रेसले मुख्यमन्त्री उन्मुक्ति पार्टीलाई दिँदै समीकरण गर्दा सभामुख कांग्रेस र उपसभामुख स्वतन्त्रलाई बनाउने गरी नयाँ समीकरण बन्न सक्छ। 

प्रदेशमा कांग्रेसका १९, उन्मुक्ति पार्टीका सात र एक स्वतन्त्र गरी २७ जनाको सरकारको समीकरण बन्न सकिन्छ। यस प्रदेशमा ५३ सदस्य रहेकोमा सरकार बनाउन बहुमतका लागि २७ प्रदेश सभा सदस्य आवश्यकता रहन्छ।

४. कांग्रेस–उन्मुक्ति–एकीकृत समाजवादी समीकरण

कांग्रेसले मुख्यमन्त्री उन्मुक्ति पार्टीलाई दिने गरी समीकरण गर्दा सभामुख कांग्रेस र उपसभामुख एकीकृत समाजवादीलाई बनाउँदै नयाँ समीकरण बन्न सक्ने सम्भावना रहेको छ। 

प्रदेशमा कांग्रेसका १९, उन्मुक्ति पार्टीका सात र एकीकृत समाजवादीका चार गरी ३० प्रदेश सभा सदस्य पुग्छन्। केन्द्रमा सरकारमा एकीकृत समाजवादी सामेल नभएकाले यस समीकरणका आधारमा पनि सरकार गठन हुने सम्भावना रहेको छ।

५. कांग्रेस–माओवादी केन्द्र–एकीकृत समाजवादी

प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन गठबन्धन गरेर निर्वाचित भएकाले यस प्रदेशमा मुख्यमन्त्री माओवादी केन्द्रलाई दिने र सभामुख तथा उपसभामुख अन्य दललाई दिने गरी सत्ता समीकरणको सम्भावना पनि रहेको छ। 

प्रदेशमा कांग्रेसका १९, माओवादी केन्द्र ११ र एकीकृत समाजवादीका चार गरी ३४ प्रदेश सभा सदस्यसहित स्पष्ट बहुमत रहेको छ। 

प्रकाशित मिति: बुधबार, पुस २०, २०७९  ०७:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रधानमन्त्री शाहले आज इयूआबद्ध देशका राजदूत तथा मिसन प्रमुखसँग छलफल गर्ने
जापानद्वारा बिपी राजमार्गको पिप्ले-बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
सम्बन्धित सामग्री
प्रधानमन्त्री शाहले आज इयूआबद्ध देशका राजदूत तथा मिसन प्रमुखसँग छलफल गर्ने प्रधानमन्त्री शाहले बिहान ११ः३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनीहरुसँग सामूहिक भेट र संवाद गर्ने कार्यक्रम तय भए... मंगलबार, जेठ १२, २०८३
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची संघीय संसद् सचिवालयका अनुसार बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले ‘पर्यटन विधेयक, २०८१’ माथि विचार गरियोस... मंगलबार, जेठ १२, २०८३
रवि लामिछानेको भारत भ्रमणसँग प्रधानमन्त्रीको सम्बन्ध नरहेको सरकारको स्पष्टोक्ति सोमबार मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले उक्त भ्रमण व्यक्तिगत प्रकृतिको भएको उल्लेख गरे। उनका अनुसार सभापत... सोमबार, जेठ ११, २०८३
ताजा समाचारसबै
सप्तकोशी नदीबाट ४ सय ७५ किलो गाँजा बरामद मंगलबार, जेठ १२, २०८३
प्रधानमन्त्री शाहले आज इयूआबद्ध देशका राजदूत तथा मिसन प्रमुखसँग छलफल गर्ने मंगलबार, जेठ १२, २०८३
जापानद्वारा बिपी राजमार्गको पिप्ले-बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु मंगलबार, जेठ १२, २०८३
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची मंगलबार, जेठ १२, २०८३
आज सातै प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा मंगलबार, जेठ १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
कांग्रेस नेता धनराजकी पूर्वपत्नी ज्योतिलाई २१ दिनभित्र अदालत उपस्थित हुन आदेश सोमबार, जेठ ११, २०८३
रवि लामिछानेको भारत भ्रमणसँग प्रधानमन्त्रीको सम्बन्ध नरहेको सरकारको स्पष्टोक्ति सोमबार, जेठ ११, २०८३
सर्वोच्चको आदेश : देउवा दम्पतीलाई पक्राउ नगर्नू सोमबार, जेठ ११, २०८३
क्यानले गर्‍यो ६३ क्रिकेटरलाई पाँच समूहमा वर्गीकरण, कसको तलब कति? सोमबार, जेठ ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै आइतबार, जेठ १०, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्