• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १०, २०८३ Wed, Aug 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

पुष्पा मृत्यु प्रकरणमा प्रेमीको बयान : पूर्वप्रेमीको चिठी भेटिएपछि सम्बन्धमा दरार, त्यसपछि आत्मदाह

64x64
नेपाल लाइभ मंगलबार, पुस १९, २०७९  १५:१८
1140x725

काठमाडौं– इन्गेजमेन्ट (टिकाटालो) तोडिएपछि बानेश्वरकी २६ वर्षीया पुष्पा न्यौपानेले गरेको आत्मदाहको आरोपमा पक्राउ परेका उनका प्रेमी अहिले जेलमा छन्।

२५ दिन लामो अनुसन्धान सकिएपछि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएका उनलाई पुर्पक्षमा राख्न आदेश दिएसँगै उनी जेलमा रहेका छन्।

टिकाटालो तोडिएको भन्दै केटा पक्षकाले जानकारी गराएपछि मंसिर १८ गते साँझ उनले केटाको घर अगाडि पुगेर शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेकी थिइन्। त्यसपछि गम्भीर घाइते भएकी उनको उपचारको क्रममा त्रिवि शिक्षण अस्तापलमा मंसिर १९ गते बिहान मत्यु भएको थियो।

पुष्पाको मृत्यु भएपछि टिकाटालो गरिएका केटा सुधन संग्रौलाविरुद्ध आत्महत्या दुरुत्साहनमा मुद्दा परेको थियो।
 
पुष्पा पारिवारिक हिंसामाथि थिइन्, पहिल्यै आत्महत्याको प्रयास भएको रहेछ : संग्रौला
पुष्पा पहिल्यै पारिवारिक यौन हिंसामा रहेको र यसअघि नै आत्महत्याको प्रयास गरेको दाबी गर्दै प्रेमी संग्रौलाले बयान दिएको पाइएको छ। यी कुराहरु पुष्पा आफैंले एक दिन शेयर गरेको भन्दै संग्रौलाले बयान दिएका थिए।

कपडाको होलसेल व्यापार गर्दै आएका उत्तम न्यौपाने (पुष्पाको काका)मार्फत् संग्रौलाको पुष्पासँग चिनजान भएको थियो। उत्तमको केल्मी स्पोर्टस ब्राण्डको दरबारमार्गस्थित पसलमा पुष्पा बस्थिन्। सोही मेसोमा गत जेठमा उनीहरुबीच भेट र चिनजान भएको थियो।

कपडा किन्न दुई दाजु भाई केल्मीको दरबार्गस्थित ब्राण्डमा पुग्दा पुष्पासँग चिनजान र बोलचाल भएको र सोही राति पुष्पाले फेसबुकमा फ्रेण्ड रिक्वेसट पठाएको संग्रौलाले बताएका छन्।

त्यसपछि उनीहरु दुई जनाबीच कुराकानी सुरु हुन थालेको थियो। काका उत्तमलेसमेत रिलेसन अघि बढाउँदा राम्रो हुने सुझाव दिएका थिए। चिनजान भएको केही दिनमै पुष्पा, सुधनका दाजुभाई (सुधन र मधुसुधन) र पुष्पाको साथी श्रेया चार जनाले सँगै लञ्च गरेका थिए। त्यतिबेला पुष्पालाई सुधनले नै उनको घर बुद्धनगरसम्म पुर्‍याइदिएका थिए। 

सम्बन्ध नजिकिँदै गएपछि गत भदौ १८ गते सुधन र पुष्पाको घरपरिवारमै सल्लाह गरेर टिकाटालोसमेत भएको थियो। जनै सुपारी दिइएको थियो। जब टिकाटालो भयो त्यसपछि भने उनीहरुको सम्बन्धमा धेरै नै उतारचढाव आउन थालेको अनुसन्धानबाट खुलेको छ।

nimb
nimb
Ncell 2
Ncell 2

‘एक दिन पुष्पाले मसँग मेरो एक जना पूर्वप्रेमी छ, अन्तिम पटक उसलाई भेट गर्न चाहन्छु भनिन्,’ सुधनले बयानमा भनेका छन्, ‘अर्को दिन पनि पुष्पालाई मैले किनेर ल्याई दिएको मोबाइलको कभरभित्र एउटा केटाको चिठी मैले भेटेँ। कसको चिठी हो भनी सोद्धा उक्त चिठी पनि पूर्वप्रेमीके रहेछ। त्यसपछि उनीसँग मेरो मन टाढिँदै गयो।’

पूर्वप्रेमीको चिठी नै भेटिएपछि थप बुझ्दै जाँदा उनको अन्य व्यक्तिहरुसँग पनि सम्बन्ध भएको देखिएको सुधनको दाबी छ। एकदिन बाचा नै गराएर पुष्पाले आफ्नो अतित कालो रहेको भन्दै आफ्नो व्यथासमेत सुनाएको सुधनले बयान दिएका छन्।

‘कसैले मलाई बलपूर्वक आजभन्दा केही वर्ष पहिले करणी गरेको थियो। मैले सो कुरा परिवारका सदस्यहरुलाई समेत बताएकी थिएँ तर मेरो त्यतिबेला कुनै सुनुवाई नै भएन, म पारिवारिक रुपमा नै यौन हिंसामा परेकी हुँ, म अहिले सम्म पनि घर परिवारको मान्छेहरुबाट अपहेलित भई राखेकी थिएँ, तपाईंले मलाई छोडे पनि छोड्नु, तपाईं जस्तो केटालाई मैले कुराहरु लुकाएर राख्न नसकेकी हुँदा बताएकी हुँ म विगतमा नै आत्महत्या गर्न खोजेकी थिएँ’ पुष्पाले आफूसँग भनेको भन्दै सुधनले अनुसन्धानका क्रममा बयानमा भनेका छन्।

यी कुराहरु सुनेपछि पुष्पासँग सम्बन्ध अघि बढाउन आफूलाई उचित नलागेको सुधनले बताएका छन्। बोलचाल बन्द गरेपछि सुधनका दाइ मुधुसुदनलाई समेत फोन गरेर आत्महत्या गर्नेसम्मको कुरा पुष्पाले बताएको सुधनको भनाइ छ।

दुवै जनाबीच सम्बन्ध बिग्रिएपछि जनै सुपारी फिर्ता ल्याउने भनि भदौ १७ गते फिर्ता ल्याइएको थियो। त्यसको दुई दिनपछि भदौ १९ गते पुष्पा सुधनको घर अगाडि पुगेर शरीरमा पेट्रोल छर्किएर आत्महत्या गरेकी थिइन्।

प्रकाशित मिति: मंगलबार, पुस १९, २०७९  १५:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीबाट प्रभावित आयोजनाको यस्तो छ अवस्था, कुनमा कति क्षति ?
रसुवा बाढी विपद्: बाढीलगत्तै सरकारले के-के गर्‍यो?
भोटेकोशी वाढीमा जलविधुत्त आयोजनमा २०० कर्मचारी सम्पर्क बिहिन
सम्बन्धित सामग्री
प्रधानमन्त्रीलाई सामाजिक सञ्जालमार्फत् ज्यान मार्ने धम्की दिने युवक पक्राउ उनलाई प्रहरीले बुधबार कीर्तिपुरको नयाँ बजारबाट नियन्त्रणमा लिएको हो । उनले सामाविक सञ्जालमा अश्लिल गालीसहित प्रधानमन्त्री शाहलाई भदौ... बुधबार, भदौ १०, २०८३
५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ तेह्रथुममा ५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्। बुधबार, भदौ १०, २०८३
महिला ट्राफिक प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ, पाँच दिनको म्याद लिएर अनुसन्धान सुरु उनीविरुद्ध ड्युटीमा खटिएका राष्ट्रसेवकलाई आफ्नो कर्तव्य निर्वाहमा बाधा गरेको, अभन्द्र व्यवहार गरेको कसुरमा जिल्ला प्रशासन कार्यालय क... मंगलबार, भदौ ९, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीबाट प्रभावित आयोजनाको यस्तो छ अवस्था, कुनमा कति क्षति ? बुधबार, भदौ १०, २०८३
रसुवा बाढी विपद्: बाढीलगत्तै सरकारले के-के गर्‍यो? बुधबार, भदौ १०, २०८३
भोटेकोशी वाढीमा जलविधुत्त आयोजनमा २०० कर्मचारी सम्पर्क बिहिन बुधबार, भदौ १०, २०८३
भारतले पठायो नेपाललाई १० टन मानवीय सहायता बुधबार, भदौ १०, २०८३
रास्वपा सभापति रवि लामिछानेले बोलाएर सर्वदलीय बैठक बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्