काठमाडौं– नेपाली सेनाका उपरथी प्रेम शाहीलाई सैनिक प्रहरीले नियन्त्रणमा लिएको छ। अहिले उनी सेनाको हिरासतमा छन्।
आर्थिक अनियमिततामा अनुसन्धान गर्नुपर्ने देखिएकाले उनलाई हिरासतमा लिइएको सैनिक प्रवक्ता सहयाक रथी कृष्णप्रसाद भण्डारीले नेपाल लाइभलाई जानकारी दिए।
‘अनुसन्धान नहुन्जेसम्मका लागि ब्यारेक छाड्न नमिल्ने देखिएकाले सोहीअनुसार प्रक्रिया अघि बढाइएको हो। अहिले हामी छानबिनकै क्रममा छौं,’ सैनिक प्रवक्ता भण्डारीले भने।
उपरथी शाही उमेर हदका कारण बुधबारदेखि अनिवार्य अवकाशमा जान लागेका थिए। तर उनी आफ्नो पदावधि १ वर्ष बाँकी रहेको दाबी गर्दै सर्वोच्च पुगेपछि अदालतले उनको पक्षमा फैसला गरेको थियो।
अदालतको फैसलापछि कार्यालय पुगेका उनलाई सैनिक प्रहरीले नियन्त्रणमा लिएर हिरासतमा राखेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।