काठमाडौं– उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सेवाग्राहीलाई छिटो भन्दा छिटो सहज ढंगले सेवा दिनेबारे हस्तक्षेपकारी कार्ययोजना बनाउन लागेको बताएका छन्।
मंगलबार काठमाडौं उपत्यकाको एकान्तकुना, ठूलोभर्याङ र गुर्जुधारा यातायात कार्यालयको अनुगमन गरेका मन्त्री श्रेष्ठले सेवाग्राहीका गुनासो सुन्दै जनताहरुले भोग्नु परेका समस्याहरुलाई सम्बोधन गर्ने बताएका हुन्।
यातायातलाई कसरी सुधार गर्ने भन्नेबारे समस्यालाई समधान गर्ने र कमजोरीलाई सच्याएर अघि बढ्ने उनको भनाइ छ।
‘स्थलगत रुपमा प्रत्यक्ष समस्याको बारेमा जानकारी लिउँ भनेर आएका हौं। यसबारेमा अध्ययन गरिराखेका छौं। छिटो भन्दा छिटो यातायात व्यवस्था सुधार योजना बनाइन्छ’, मन्त्री श्रेष्ठले भने।
मन्त्री श्रेष्ठले यातायात कार्यालयमा भएका विचौलियाहरुको अन्त्य गर्ने समेत दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।