काठमाडौं– नेपाली कांग्रेसको संसदीय दलको प्रमुख सचेतकमा रमेश लेखक मनोनित भएका छन्।
लेखकलाई कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले दलको प्रमुख सचेतकमा मनोनित गरेका हुन्। कञ्चनपुर–३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका लेखक सभापति देउवा निकटका नेता हुन्।
केही दिनअघि कांग्रेस संसदीय दलको नेतामा सभापति देउवा निर्वाचित भएका थिए।
देउवाले दलको नेताको रुपमा दलको विधानको धारा १३ (१) अनुसार लेखकलाई प्रमुख सचेतकमा मनोनित गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।