काठमाडौं– शपथ लिन छुटेका प्रतिनिधि सभा सदस्यद्वय प्रेम आले र माया राईले मंगलबार शपथ लिएका छन्।
उनीहरूलाई सिंहदरबारस्थित कानुन समितिको हलमा प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले पद तथा गोपनीयताको शपथ दिलाए।
अन्य सांसदहरुले पुस ७ गते शपथ लिएका थिए। सांसदहरुले नेपालीबाहेक १४ भाषामा शपथ खाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।