काठमाडौं– शपथ लिन छुटेका प्रदेश सभा सदस्यद्वय प्रमे आले र माया राईले मंगलबार शपथ लिँदैछन्। संघीय संसद सचिवालयले सिंहदरबारस्थित कानुन समितिको हलमा शपथ गराइने जानकारी दिएको छ।
उनीहरुको शपथ दिउँसो १२: ३० बजे हुनेछ। अन्य सांसदहरुले पुस ७ गते शपथ लिएका थिए।
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले नै उनीहरुलाई पनि शपथ ग्रहण गराउने छन्। सांसदहरुले नेपालीबाहेक १४ भाषामा शपथ खाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।