काठमाडौं– नेपाल क्रिकेट संघ क्यानले पारिश्रमिक सुनिश्चितताका लागि जिम्मा लिएपछि खेलाडीहरु टी–२० लिग खेल्न राजी भएका छन्। यसअघि पारिश्रमिक नपाएको भन्दै खेलाडीले टस गर्नसमेत अस्वीकार गरेका थिए।
क्यानका पदाधिकारीसँगै नेपाल टी-२० लिगका मालिकहरुले पारिश्रमिक दिने प्रतिबद्धता जनाएका छन्। पूर्व निर्धारित समय भन्दा ढिलोगरी खेल सुरु हुँदा ९-९ ओभरमा झारिएको छ।
काठमाडौं नाइट्सले नेपाल टी–२० लिगमा विराटनगर सुपर किंग्सविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ। काठमाडौंका कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन्।
खेल सुरु हुनुअघि ४० प्रतिशत पाउनुपर्ने र प्रतियोगिता चलिरहँदा ६० प्रतिशत पाउने सहमति भएको थियो तर पोखरा एभेन्जर्स बाहेकका खेलाडीले पारिश्रमिक नपाएको गुनासो गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।