धनगढी– सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको नेता चयन लगायतका विषयमा छलफल गर्न नेपाली कांग्रेसले प्रदेश पदाधिकारीको बैठक बोलाइएको छ। मंगलबार बिहान ११ बजे प्रदेश पार्टी कार्यालयमा पदाधिकारी बैठक बोलाइएको कांग्रेसले जनाएको छ।
कांग्रेस सुदुरपश्चिमका महामन्त्री समेत रहेका प्रदेशसभा सदस्य मेघराज खड्काले संसदीय दलको नेता चयनको विषयमा छलफल गर्न बैठक बोलाइएको बताए। कांग्रेस प्रदेश सभापति बिरबहादुर बलायर प्रदेश बाहिर भएपनि उपसभापति लोकराज अवस्थीको अध्यक्षतामा बैठक बस्ने खड्काले बताए।
कांग्रेस सुदूरपश्चिम संसदीय दलको नेतामा बहादुरसिंह थापा, दिवानसिंह विष्ट, मेघराज खड्का, कमल शाह र पार्टी सभापति शेरबहादुर देउवाका भतिजा प्रकाश देउवा आकांक्षी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।