काठमाडौं- नेपाल टी २० लिगको निर्धारित खेल प्रभावित भएको छ। खेलाडीले टस गर्न नै अस्वीकार गरेपछि खेल प्रभावित भएको हो।
काठमाडौं नाइट्स र विराटनगर सुपर किंग्सबीचको खेलमा खेलाडीले टस गर्न नमानेका हुन्। बिहान ८:३० का लागि तय टसका लागि दुवै टोली तयार भएनन्। त्यसअअघि भर्नुपर्ने प्लेइङ ११ समेत उनीहरुले भर्न इन्कार गरेका छन्।
दुवै टोलीका खेलाडी मैदानमा भए पनि उनीहरु खेल प्रक्रियामा जान मानेका छैनन्। खेलाडीहरुलाई पारिश्रमिक नदिइएपछि उनीहरुले खेल्न नमानेका हुन्।
सम्झौता अनुसार खेल सुरु हुनुअघि ४० प्रतिशत र्ने र प्रतियोगिता चलिरहँदा ६० प्रतिशत पाउनुपर्ने हुन्छ तर पोखरा खेलाडीले मात्रै ५० प्रतिशत पाएका छन्।
आयोजक भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सका संस्थापक जतिन आहलुवालिया सम्पर्कविहीन रहेको बताइएको छ। यसैगरी केही टिमका मालिकसमेत सम्पर्कविहीन बनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।