काठमाडौं– नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टाछुट्टै भेट गरेका छन्।
प्रचण्ड र ओलीसँग समसामयिक राजनीतिबारे छुट्टाछुट्टै छलफल भएको बट्टराईले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।

‘प्रम तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रम तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग समसामयिक राजनीतिवारे छुट्टाछुट्टै छलफल भयाे,' उनले फेसबुकमा लेखेका छन्।
यसअघि पूर्वपार्टी माओवादी केन्द्रसँग सहकार्य गरेर चुनावमा गएको नेसपाका अध्यक्ष भट्टराईले सत्तारुढ गठबन्धनका दुई प्रमुख नेतालाई भेट्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।