काठमाडौं– नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेशको संसदीय दलको नेतामा जोखबहादुर महरा निर्वाचित भएका छन्।
सोमबार सम्पन्न प्रदेशसभा सदस्यको बैठकले उनलाई संसदीय दल नेतामा सर्वसम्मत चयन गरेको हो। महरा रोल्पा निर्वाचन क्षेत्र नं १ (क)बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन्।
नेता महरा माओवादी केन्द्रका स्थायी समिति सदस्यसमेत हुन्। लुम्बिनी प्रदेशमा माओवादी केन्द्रका नौजना प्रदेश सभा सदस्यले उनलाई सर्वसम्मत चयन गरेको माओवादी केन्द्र लुम्बिनी प्रदेशका अध्यक्ष सुर्दशन बरालले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।