काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ३०१औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विविध कार्यक्रम गरी मनाउने भएको छ।
पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकले निर्णय गरे बमोजिम सोमबार पार्टी केन्द्रीय कार्यालयमा पृथ्वी जयन्ती तयारी समितिको बैठक बसेको छ। केन्द्रीय सचिवालयद्वारा आयोजित बैठक अध्यक्ष राजेन्द्र लिङ्देनको उपस्थितिमा भएको थियो।
बैठकले देशका सबै जिल्लामा विविध कार्यक्रम गरि पृथ्वी जयन्ती मनाउने र काठमाडौंमा भृकुटीमण्डपमा भेला भइ सिंहदरबार अगाडिको पृथ्वी शालिकमा माल्यार्पण गर्ने र दिउँसो भृकुटीमण्डप परिसरमा चियापान समारोहको आयोजना गर्ने निर्णय गरेको छ।
पृथ्वी जयन्ती समारोहका लागि राप्रपाले अध्यक्ष राजेन्द्र लिङ्देनको संयोजकत्वमा १,१११ सदस्यीय मुल समिति र विभिन्न ११ उपसमिति गठन गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।