काठमाडौं– नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले आफ्नो पार्टी सरकारमा जाने कुरामा सरकारबाट औपचारिक प्रस्ताव नआएको बताएका छन्।
सोमबार पार्टीको पोलिटब्यूरो बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै प्रवक्ता खतिवडाले सरकारमा जाने विषयमा सरकारबाट कुनै औपचारिक प्रस्ताव नआएको बताएका हुन्।
प्रवक्ता खतिवडाले भने, ‘सरकारमा जाने कुरामा हामीलाई कसैले औपचारिक प्रस्ताव राखेको छैन। त्यस कारण यस कुरामा हामीले छलफल गर्नु पनि पर्दैन। यो सरकारलाई हेर्ने दृष्टिकोणका बारेमा छलफल गरिरहेका छौं। सरकारमा जाने कि नजाने भन्नेबारेमा छलफल गरिरहेका छैनौं।’
पार्टी निर्माणको अभियानलाई निरन्तरता दिने बताउँदै प्रवक्ता खतिवडाले पाँच वर्षसम्म निरन्तर पार्टी निर्माणमा लाग्ने बताए। वाम एकता गर्ने कुरामा एकमत भएपनि निर्णय नभएको उनको भनाइ छ।
पार्टीको नीतिगत रुपमा प्रष्टता नभइएका कारण पोलिटब्यूरो बैठक बोलाएको उनले बताए। बैठक मंगलबार पनि बस्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।