काठमाडौं– सुदूरपश्चिम प्रदेश सभामा आगामी पुस २८ गते सभामुख चयनका लागि निर्वाचन हुने भएको छ।
प्रदेश सभाका ज्येष्ठ सदस्य मानबहादुर रावलले यही पुस २८ गते सभामुखको निर्वाचन गराउने गरि तयारी अघि बढाउन सचिव देवबहादुर बोगटीलाई निर्देशन दिए।
यसअघि माघ २ गते सभामुखको निर्वाचन गर्ने दलहरूबीच सहमति भएको थियो।
सोमबारदेखि सुदूरपश्चिम प्रदेश सभाको दोस्रो कार्यकालको प्रथम अधिवेसन सुरु भएको छ।
सोमबार प्रदेश सभा सञ्चालनको कानुन, सभामुखको निर्वाचनको कार्यतालिका र शुभकामना मन्तव्य आदान प्रदान गर्ने कार्यक्रम रहेको सुदूरपश्चिम प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।