काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित दुई उपप्रधानमन्त्रीद्वय गृहमन्त्री रवि लामिछाने र अर्थमन्त्री विष्णु पौडेलले निर्वाचन आयोगका आयुक्तसँग छलफल गरेका छन्।
सोमबार आयोगका आयुक्तहरुसँग सामूहिक भेटवार्ता भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ। माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएसँगै पहिलो पटक आयुक्तहरुसँग भेटवार्ता भएको हो।
प्रधानमन्त्री प्रचण्डले तीनवटै तहको निर्वाचन सम्पन्न गरेकोमा निर्वाचन आयुक्तहरुलाई धन्यवाद व्यक्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।