धनगढी– सुदूरपश्चिम प्रदेश सभाको दोस्रो कार्यकालको प्रथम अधिवेशन (सोमबार) आज बस्ने भएको छ।
प्रदेश प्रमुख देवराज जोशीले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम सुदूरपश्चिम प्रदेशको प्रदेश सभाको अधिवेशन १८ गते सोमबार दिनको १ बजेदेखि सुरु हुने गरी आह्वान गरेका छन्।
सुदूरपश्चिम प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीका अनुसार आज दिउसो १ बजे बैठक बस्ने भएको छ।
आज प्रदेश सभा सञ्चालनको कानुन के बनाउने, सभामुखको निर्वाचनको कार्यतालिका र शुभकामना मन्तव्य आदान–प्रदान गर्ने कार्यक्रम रहेको प्रदेश सभा सचिवालयका सूचना अधिकारी जैशीले बताए।
प्रथम बैठक ज्येष्ठ सदस्य मानबहादुर रावलले सञ्चालन गर्नेछन्। कार्य परामर्श समितिको बैठकले माघ २ गते सभामुख र उपसभामुख चयन गर्ने निर्णय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।