काठमाडौं– नेकपा (एकीकृत समाजवादी)का ‘सम्मानित नेता’ झलनाथ खनालले वर्तमान सत्ता गठबन्धनलाई खिचडीको संज्ञा दिएका छन्।
आइतबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।
अहिलेको गठबन्धनले ल्याएका नीति तथा कार्यक्रमपछि मात्रै सरकारमा जाने वा नजाने भन्नेबारेमा पार्टीले निर्णय गर्ने उनले बताए।
अहिलेको सरकार वामपन्थीहरुको नेतृत्व भएपनि खुट्टा अर्कैले टेकेको उनको टिप्पणी छ। उनले नेकपा एमालेप्रति लक्षित गर्दै सरकारमा प्रतिगमनकारी, पुनःउत्थानवादीहरु सामेल रहेको बताए।
‘वामपन्थीहरुको नेतृत्व छ तर तल खुट्टा टेकेको अर्कै खालका मान्छेहरु छन्। प्रतिगमनकारी, पुनःउत्थानवादी, केके हुन् त्यस्ता छन्। उसका के नीति, के कार्यक्रम हुन्छन् थाहा छैन। झ्याप्पै भनिहाल्नुपर्ने कुरा हुँदैन। उनीहरुले कार्यक्रम नल्याइकन पर्ख र हेरको अवस्थामा हुनेछौँ’, खनालले भने।
खनालले आफ्नो पार्टी सधैँ वामपन्थी एकताको पक्षमा रहेको पनि बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।