काठमाडौं- प्रभु साहको नेतृत्वमा हालै गठित आम जनता पार्टीले मधेस प्रदेशका ८ जिल्लाको नेतृत्व तोकेको छ। पार्टीका केन्द्रीय अध्यक्ष साहले आइतबार ८ वटै जिल्लाका संयोजक, सचिव र इन्चार्ज तोकेका हुन्।
पर्सामा संयोजक, सचिव र इन्चार्जको जिम्मेवारी कदम रसुल, विश्वराज पटेल र बाबुराम कौशिकलाई जिम्मेवारी तोकिएको छ।
त्यस्तै, बारामा ती तीन जिम्मेवारीमा क्रमशः उमेश कुशवाह, राजकिशोर साह र अशोक लामालाई तोकिएको छ। रौतहटमा क्रमशः धर्मेन्द्र पटेल, पलट चौधरी र त्रिभुवन साह अमरलाई तोकिएको छ।
सर्लाहीमामा तुल्सी प्रसाद हुमागाईं, नवीन साह र रिता देवीलाई तोकिएको छ।
त्यसैगरी, महोत्तरीमा विजय साह, प्रमोद महतो र राधेश्याम साहलाई जिम्मेदवारी दिइएको छ। धनुषामा श्रीलाल महासेठ, बलदेव साह र श्रीलाल महासेठलाई तोकिएको छ। सिरहामा उदय साह, धर्मेन्द्र महरा र बिल्टु यादवलाई जिम्मेदवारी तोकिएको छ। सप्तरीमा शिवकुमार महरा, सुनिल राज दास र आरडी आजादलाई तोकिएको छ
मंसिर ४ को निर्वाचनमा रौतहट ३ बाट निर्वाचित भएका प्रभु साहले आफ्नै नेतृत्वमा गत बिहीबार आम जनता पार्टी गठन गरेका थिए। त्यसदिन ५१ सदस्यीय तदर्थ केन्द्रीय समिति समेत गठन गरिएको थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।