काठमाडौं– नेकपा एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरले आफ्नो पार्टी र नेकपा एमालेबीच एकताको हल्ला निराधार रहेको बताएका छन्।
आइतबार पार्टीको जारी १४औं स्थायी कमिटीको बैठकबारे पत्रकारहरुसँग कुरा गर्दै तुलाधरले पार्टी बैठकभित्र पार्टी एकीकरणको हल्लाबारे छलफल भएको बताए।
उनले भने, ‘पार्टी एकताको हल्ला नेकपा एमालेका केही मानिसहरुले चलाएका कुरा मात्र हुन्। कुनै पनि हिसाबले त्यो भ्रममा पर्नु हुँदैन। हामी यसबाट जोगिनु पर्छ। एकताको प्रयास यताबाट पनि भएको छैन।’
तुलाधारले सरकार गठनअघि एमाले उपाध्यक्ष विष्णु पौडेलको सक्रियता देखिएतापनि हाल सरकारमा गइसकेपछि कुरा नभएको स्पष्ट पारे। उनले नेकपा एससँग पार्टी एकताका बारेमा बरु नेकपा माओवादीबाट प्रस्ताव आएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।