धनगढी– सुदूरपश्चिम प्रदेश सभाको सभामुख चयनका लागि आगामी माघ २ गते निर्वाचन हुने भएको छ। आज (आइतबार) बसेको सर्वदलीय बैठकले आगामी माघ २ गते सभामुख चयनका लागि निर्वाचन गर्ने सहमति गरेको सचिव देवबहादुर बोगटीले जानकारी दिए।
सुदूरपश्चिम प्रदेश सभाको दोस्रो कार्यकालको प्रथम अधिवेशन पुस १८ गते आह्वान गरिएको छ।
प्रदेश प्रमुख देवराज जोशीले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम सुदूरपश्चिम प्रदेशको प्रदेश सभाको अधिवेशन १८ गते सोमवार दिनको १ बजे देखि सुरु हुने गरी आह्वान गरेको सो सूचनामा उल्लेख गरिएको छ।
प्रथम बैठकको सञ्चाल तथा अध्यक्षता ज्येष्ठ सदस्य मानबहादुर रावलले गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।