काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु भएको छ।
बैठक बालकुमारीस्थित पार्टी कार्यालयमा जारी छ। बैठकमा गत प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको समीक्षा, सरकारमा सहभागिता, राजनीतिक समिति बैठकको अजेण्डालगायतका विषयमा छलफल हुनेछ।
साथै, मधेस प्रदेशमा संसदीय दलको नेताका लागि पनि छलफल गर्ने तयारी छ। संघीय सरकारलाई समर्थन गरेपनि पार्टी सरकारमा सहभागी भएको छैन।
तर, बैठकमा सरकारमा सहभागी हुने वा नहुने भन्ने विषयमा पनि छलफल हुने बताइएको छ। पुस १८ र १९ गतेका लागि जसपा नेपालले राजनीतिक समितिको बैठक बोलाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।