काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चितवन पुगेका छन्। उनी शनिबार चितवन गएका हुन्। तेस्रो पटक प्रधानमन्त्रीको कार्यभार सम्हालेपछि उनी काठमाडौं उपत्यका बाहिर गएको यो पहिलो पटक हो।
प्रधानमन्त्री प्रचण्ड नारायण नमुना माध्यामिक विद्यालयको हीरक महोत्सव उद्घाटनका लागि चितवन पुगेका हुन्। उनी शनिबार नै काठमाडौं फर्किने बताइएको छ।
प्रचण्ड २०७४ को निर्वाचनमा चितवनबाटै निर्वाचित भएका थिए। तर, गत मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा भने उनी गोरखा-२ बाट उम्मेदवार बनेर विजयी भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।