काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबीच भेट भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा दुई जनाबीच भेट भएको हो।
भेटमा मन्त्री लामिछानेले सुरक्षा व्यवस्था र सुशासन कायम राख्ने बारेमा संक्षिप्त रिपोर्ट पेस गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
‘माननीय गृहमन्त्रीज्युले सुरक्षा व्यवस्था र सुशासन कायम राख्ने बारेमा संक्षिप्त रिपोर्ट पेस गर्नुभएको थियो। सम्माननीय प्रधानमन्त्रीज्युले नागरिकलाई सुशासन र सुरक्षाको प्रत्याभूत गराउने गरी कार्य अघि बढाउन निर्देशन दिनुभयो’, सचिवालयको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।