काठमाडौं– नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक जारी छ। काठमाडौंको आलोकनगरस्थित केन्द्रीय कार्यालयमा शनिबार बिहान साढे ११ बजेदेखि बैठक सुरु भएको हो।
बैठकले निर्वाचनको समीक्षा, पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई समर्थन र सरकारमा सहभागिता हुने वा नहुने लगायतका विषयमा निष्कर्ष निकाल्ने बताइएको छ।
मंसिर ४ मा सम्पन्न निर्वाचनमा प्रतिनिधि सभातर्फ एकीकृत समाजवादीले जम्मा १० सिट जितेको थियो। समानुपातिकमा थ्रेस होल्ड कटाउन नसकेका कारण ऊ राष्ट्रिय पार्टी बन्न सकेको थिएन। प्रदेश सभातर्फ पनि यो पार्टी कमजोर देखिएको छ।
अर्कोतिर, गठबन्धन गरेर निर्वाचन लडेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एमालेको प्रमुख साथमा प्रधानमन्त्री भइसकेका छन्। प्रचण्डले आफ्नो पार्टीसँग छलफल नगरेको भन्दै एकीकृत समाजवादीले औपचारिक रुपमा समर्थन दिएको छैन।
यद्यपि, प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेर सरकारलाई समर्थन र सरकारमा सहभागिताको प्रस्ताव राखिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।