चितवन– नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले रणनीति मिलाउन नसक्दा सरकार गुमाउनुपरेको बताएका छन्।
शुक्रबार चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले भने, “पार्टीले रणनीति नमिलाएर यो दुर्घटना भयो।” पहिले नै रणनीति मिलाएको भए गठबन्धन कायम रहने उनको भनाइ थियो।
गठबन्धनबाट सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने महत्वपूर्ण भूमिका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खेलेको उनले बताए।
उनले भने, “ठूलो पार्टीको नाताले पहिलो पटक नै प्रधानमन्त्री बन्छु कि भन्ने सोचका कारण समस्या आयो।” कांग्रेस प्रतिपक्षमा बस्दा विरोधका लागि विरोध मात्रै नगर्ने उल्लेख गर्दै उनले जिम्मेवारीपूर्ण हिसाबले प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।