• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ १३, २०८३ Sat, Aug 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

रवि उपप्रधानमन्त्री बनेपछि अन्य दलका ‘वरिष्ठ' नेतालाई मन्त्री बन्न अप्ठ्यारो

64x64
नेपाल लाइभ आइतबार, पुस १७, २०७९  ०७:१२
1140x725

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपप्रधानसहित गृहमन्त्रीका रुपमा जिम्मेवारी सम्हालिरहेका छन्। केही  महिनाअघि मात्रै राजनीति सुरु गरेका उनी उपप्रधानमन्त्री बन्दा त्यसको अप्ठ्यारो भने सत्ता साझेदार अन्य दलका वरिष्ठ नेताहरूलाई परेको छ। 

रवि उपप्रधानमन्त्री भएपछि एमाले, माओवादी केन्द्र र जसपाका वरिष्ठ नेताहरूलाई उनी पछिको हैसियतमा मन्त्रीमण्डलमा सहभागी हुन समस्या परेको हो। सुरुमै वरीयताको समस्या देखिएपछि एमालेबाट उपाध्यक्ष विष्णु पौडेल उपप्रधानसहित मन्त्री बने। थप चारजना पार्टीको माथिल्लो पोर्टफोलियोमा नरहेका र यसअघि मन्त्री नभएकाहरूलाई पठाइयो। 

एमालेको पदाधिकारीबाटै मन्त्रीका आकांक्षी थिए। तर, अहिले उनीहरू हच्किएका छन्। रविपछिको वरीयतामा पर्ने भएकाले पन्छिन खोजिरहेको देखिन्छ। एक एमाले नेताका अनुसार एमालेबाट अर्को पदाधिकारी नै मन्त्री बन्ने सम्भावना लगभग न्यून छ। गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, सचिवहरू योगेश भट्टराई, गोकर्ण विष्ट, रघुवीर महासेठ, छविलाल विश्वकर्मालगायतको सुरुमा मन्त्री बन्ने आकांक्षा थियो। 

तर, पछिल्ला दिनहरूमा गुरुङ, महासेठ र विश्वकर्मा सभामुखका लागि लबिङ गरिरहेका छन्। विष्ट र भट्टराईले आफैं अग्रसरता देखाएका छैनन्। 

माओवादी केन्द्रबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का साथै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका छन्। नेकपाकालमा आफूभन्दा पछि रहेका एमाले उपाध्यक्ष पौडेललाई आफूभन्दा माथिल्लो वरीयतामा उपप्रधानमन्त्री बनाइएपछि उनी समेत असन्तुष्ट छन्।

नेकपाकालमा श्रेष्ठ छैटौं र पौडेल नवौं वरीयतामा थिए। यसैगरी, उपप्रधानमन्त्री पनि पहिले श्रेष्ठ नै भएका हुन्। उनी २०६७ मा डा बाबुराम भट्टराईको मन्त्रीमण्डलमा उपप्रधानमन्त्री थिए। पौडेल भने २०७८ सालमा एमाले अध्यक्ष केपी शर्मा ओलीको मन्त्रिपरिषद्‌मा उपप्रधानमन्त्री बनेका हुन्।  

रवि उपप्रधानमन्त्री बनेका कारण माओवादी केन्द्रका अन्य पदाधिकारीहरू पनि सरकारमा जान अग्रसर देखिएका छैनन्। उपमहासचिव वर्षमान पुन र शक्ति बस्नेतको सुरुमा मन्त्री बन्ने चाहना देखिए पनि अहिले पछि हटेको माओवादी केन्द्रका एक नेताले बताए।

पुनले अर्थमन्त्रीमा आकांक्षा देखाएका थिए तर, उक्त मन्त्रालय एमालेको भागमा परेको छ। ‘महत्त्वपूर्ण मन्त्रालय पनि छैन र वरीयता पनि मिल्दैन। त्यसैले सकेसम्म नभएकालाई अवसर दिउँ भनेर पदाधिकारी तहका नेताहरू लागिरहनुभएको छ,’ माओवादी केन्द्रका ती नेता भन्छन्।

nimb
nimb

समावेशीको प्रश्नमा एकजना महिलालाई मन्त्री बनाउनैपर्ने भएकाले रेखा शर्माको सम्भावना बलियो छ। प्रत्यक्षमा नेकपा एमालेका महासचिव शंकर पोखरेललाई पराजित गरेर सांसद बनेकी उनलाई मन्त्री बनाउन दबाब पनि बढेको छ। माओवादी केन्द्रबाट अर्को मन्त्री बन्ने पक्का भएका नेतामा सुदन किराँती पर्छन्। भोजपुरबाट २०६४,  २०७४ र २०७९ मा चुनाव जितिसकेका उनलाई हालसम्म मन्त्री बन्ने अवसर मिलेको छैन। 

राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारमा जाँदा अध्यक्ष राजेन्द्र लिङ्देन नै मन्त्रीका लागि आकांक्षी थिए। तर, अहिले उनी पछि हटेका छन्। उपसभामुखसहित चार मन्त्रालय मागेका उनले अरु नेतालाई नै सरकारमा सहभागी गराउने देखिएको छ।

जनता समाजवादी पार्टीले अहिलेसम्म सरकारकाे विषयमा निर्णय गरेको छैन। संघीय परिषद् अध्यक्ष अशोक राई उक्त पार्टीबाट सरकारको नेतृत्व गर्ने आकांक्षा राखिरहेका छन्। तर, उनले  सरकार जाने अवसर पाए उपप्रधानमन्त्री समेत माग्ने जसपा नेताहरू बताउँछन्। यद्यपि, उनले अवसर पाउने सम्भावना भने कम रहेको बताइन्छ।

यसपल्ट संसदीय दलको नेता रामसहायप्रसाद यादव र राजकिशोर यादवलाई मन्त्री बनाइने सम्भावना देखिएको छ। योभन्दा बढीले अवसर पाउँदा अध्यक्ष उपेन्द्र यादवनिकट अन्य दुई नयाँ सांसद्ले अवसर पाउनेछन्।  

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएपछि मात्रै मन्त्रीमण्डल विस्‍तार गरिने तयारी छ। पुस २९ गते विश्वासको मत लिने विषयमा बिहीबारको सत्ता गठबन्धन बैठकमा छलफल चलेको थियो। 

प्रकाशित मिति: आइतबार, पुस १७, २०७९  ०७:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दीपकराज गिरीले गरे बाढीपीडितलाई तीन लाख सहयोगको घोषणा
खोज तथा उद्धार प्रभावकारी बनाउन सरकारले माग्यो सामग्री सहयोग, यस्तो छ अत्यावश्यक सामग्रीको सूचि
पहिरोपछि बनेको तालको जलस्तर र रङमा परिवर्तन, अचानक पानी बढ्न सक्ने चेतावनी
सम्बन्धित सामग्री
विदेशी सहयोग अस्वीकार गरेका छैनौं : प्रधानमन्त्री शाह ‘विदेशी सहयोग अस्वीकार गरिएको भन्ने प्रचार भ्रामक हो। भारत, चीन तथा अन्तर्राष्ट्रिय साझेदारसँग उद्धार तथा राहतका लागि आवश्यक सहयोग र... शुक्रबार, भदौ १२, २०८३
उद्धारको प्रतिक्षामा रहेका प्रत्येक नागरिकलाई सम्बोधन गर्दै प्रधानमन्त्री बालेनले भने ‘ सरकार सवै नागरिकसम्म पुग्छ ’ उद्धारसँगै राहत सामग्री प्रभावित क्षेत्रमा पुर्‍याइएको, हालसम्म ४,४५१ जनाको उद्धार गरिएको, नेपाली सेना तथा निजी क्षेत्रका गरी १६ वटा... शुक्रबार, भदौ १२, २०८३
सरकारले भन्यो: चीनतर्फ तालबाटग्ल्यासियर फुटेको हो, तत्काल ठूलो जोखिम छैन बिहीबार मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यसबारे जानकारी गराएका हुन् । शुक्रबार, भदौ १२, २०८३
ताजा समाचारसबै
दीपकराज गिरीले गरे बाढीपीडितलाई तीन लाख सहयोगको घोषणा शुक्रबार, भदौ १२, २०८३
खोज तथा उद्धार प्रभावकारी बनाउन सरकारले माग्यो सामग्री सहयोग, यस्तो छ अत्यावश्यक सामग्रीको सूचि शुक्रबार, भदौ १२, २०८३
पहिरोपछि बनेको तालको जलस्तर र रङमा परिवर्तन, अचानक पानी बढ्न सक्ने चेतावनी शुक्रबार, भदौ १२, २०८३
भोटेकोशी नदीमा फेरि बाढी, त्रिशूली नदी तटिय क्षेत्रमा सतर्क रहन अनुरोध शुक्रबार, भदौ १२, २०८३
केरुङमा हिमपहिरोको ‘थ्री डी’ तस्बिर सार्वजनिक, सडक–पुल र भवनमा व्यापक क्षति शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, सूचना नदिएको आरोपमा के भन्यो ? बिहीबार, भदौ ११, २०८३
महाधिवेशन रोक्न माग गर्दै देउवा र खड्काले दिएको निवेदनमा सुनुवाइ सुरु बिहीबार, भदौ ११, २०८३
पूर्व सांसद इच्छाराज तामाङसहित १७ जना ठगीमा दोषी ठहर बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्