• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, पुस २७, २०८२ Sun, Jan 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

रवि उपप्रधानमन्त्री बनेपछि अन्य दलका ‘वरिष्ठ' नेतालाई मन्त्री बन्न अप्ठ्यारो

64x64
नेपाल लाइभ आइतबार, पुस १७, २०७९  ०७:१२
1140x725

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपप्रधानसहित गृहमन्त्रीका रुपमा जिम्मेवारी सम्हालिरहेका छन्। केही  महिनाअघि मात्रै राजनीति सुरु गरेका उनी उपप्रधानमन्त्री बन्दा त्यसको अप्ठ्यारो भने सत्ता साझेदार अन्य दलका वरिष्ठ नेताहरूलाई परेको छ। 

रवि उपप्रधानमन्त्री भएपछि एमाले, माओवादी केन्द्र र जसपाका वरिष्ठ नेताहरूलाई उनी पछिको हैसियतमा मन्त्रीमण्डलमा सहभागी हुन समस्या परेको हो। सुरुमै वरीयताको समस्या देखिएपछि एमालेबाट उपाध्यक्ष विष्णु पौडेल उपप्रधानसहित मन्त्री बने। थप चारजना पार्टीको माथिल्लो पोर्टफोलियोमा नरहेका र यसअघि मन्त्री नभएकाहरूलाई पठाइयो। 

एमालेको पदाधिकारीबाटै मन्त्रीका आकांक्षी थिए। तर, अहिले उनीहरू हच्किएका छन्। रविपछिको वरीयतामा पर्ने भएकाले पन्छिन खोजिरहेको देखिन्छ। एक एमाले नेताका अनुसार एमालेबाट अर्को पदाधिकारी नै मन्त्री बन्ने सम्भावना लगभग न्यून छ। गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, सचिवहरू योगेश भट्टराई, गोकर्ण विष्ट, रघुवीर महासेठ, छविलाल विश्वकर्मालगायतको सुरुमा मन्त्री बन्ने आकांक्षा थियो। 

तर, पछिल्ला दिनहरूमा गुरुङ, महासेठ र विश्वकर्मा सभामुखका लागि लबिङ गरिरहेका छन्। विष्ट र भट्टराईले आफैं अग्रसरता देखाएका छैनन्। 

माओवादी केन्द्रबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का साथै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका छन्। नेकपाकालमा आफूभन्दा पछि रहेका एमाले उपाध्यक्ष पौडेललाई आफूभन्दा माथिल्लो वरीयतामा उपप्रधानमन्त्री बनाइएपछि उनी समेत असन्तुष्ट छन्।

नेकपाकालमा श्रेष्ठ छैटौं र पौडेल नवौं वरीयतामा थिए। यसैगरी, उपप्रधानमन्त्री पनि पहिले श्रेष्ठ नै भएका हुन्। उनी २०६७ मा डा बाबुराम भट्टराईको मन्त्रीमण्डलमा उपप्रधानमन्त्री थिए। पौडेल भने २०७८ सालमा एमाले अध्यक्ष केपी शर्मा ओलीको मन्त्रिपरिषद्‌मा उपप्रधानमन्त्री बनेका हुन्।  

रवि उपप्रधानमन्त्री बनेका कारण माओवादी केन्द्रका अन्य पदाधिकारीहरू पनि सरकारमा जान अग्रसर देखिएका छैनन्। उपमहासचिव वर्षमान पुन र शक्ति बस्नेतको सुरुमा मन्त्री बन्ने चाहना देखिए पनि अहिले पछि हटेको माओवादी केन्द्रका एक नेताले बताए।

पुनले अर्थमन्त्रीमा आकांक्षा देखाएका थिए तर, उक्त मन्त्रालय एमालेको भागमा परेको छ। ‘महत्त्वपूर्ण मन्त्रालय पनि छैन र वरीयता पनि मिल्दैन। त्यसैले सकेसम्म नभएकालाई अवसर दिउँ भनेर पदाधिकारी तहका नेताहरू लागिरहनुभएको छ,’ माओवादी केन्द्रका ती नेता भन्छन्।

Ncell 2
Ncell 2

समावेशीको प्रश्नमा एकजना महिलालाई मन्त्री बनाउनैपर्ने भएकाले रेखा शर्माको सम्भावना बलियो छ। प्रत्यक्षमा नेकपा एमालेका महासचिव शंकर पोखरेललाई पराजित गरेर सांसद बनेकी उनलाई मन्त्री बनाउन दबाब पनि बढेको छ। माओवादी केन्द्रबाट अर्को मन्त्री बन्ने पक्का भएका नेतामा सुदन किराँती पर्छन्। भोजपुरबाट २०६४,  २०७४ र २०७९ मा चुनाव जितिसकेका उनलाई हालसम्म मन्त्री बन्ने अवसर मिलेको छैन। 

राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारमा जाँदा अध्यक्ष राजेन्द्र लिङ्देन नै मन्त्रीका लागि आकांक्षी थिए। तर, अहिले उनी पछि हटेका छन्। उपसभामुखसहित चार मन्त्रालय मागेका उनले अरु नेतालाई नै सरकारमा सहभागी गराउने देखिएको छ।

जनता समाजवादी पार्टीले अहिलेसम्म सरकारकाे विषयमा निर्णय गरेको छैन। संघीय परिषद् अध्यक्ष अशोक राई उक्त पार्टीबाट सरकारको नेतृत्व गर्ने आकांक्षा राखिरहेका छन्। तर, उनले  सरकार जाने अवसर पाए उपप्रधानमन्त्री समेत माग्ने जसपा नेताहरू बताउँछन्। यद्यपि, उनले अवसर पाउने सम्भावना भने कम रहेको बताइन्छ।

यसपल्ट संसदीय दलको नेता रामसहायप्रसाद यादव र राजकिशोर यादवलाई मन्त्री बनाइने सम्भावना देखिएको छ। योभन्दा बढीले अवसर पाउँदा अध्यक्ष उपेन्द्र यादवनिकट अन्य दुई नयाँ सांसद्ले अवसर पाउनेछन्।  

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएपछि मात्रै मन्त्रीमण्डल विस्‍तार गरिने तयारी छ। पुस २९ गते विश्वासको मत लिने विषयमा बिहीबारको सत्ता गठबन्धन बैठकमा छलफल चलेको थियो। 

प्रकाशित मिति: आइतबार, पुस १७, २०७९  ०७:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विशेष महाधिवेशनमा ६२ प्रतिशतले गरे नाम दर्ता
कांग्रेस विशेष महाधिवेशनमा गगन–विश्वप्रकाशको सम्बोधन (LIVE)
कांग्रेस दास र लासहरूको पार्टी होइन, अब कांग्रेसमा कार्यकर्तालाई हेप्ने दिन सकिए : गगन थापा
सम्बन्धित सामग्री
विशेष महाधिवेशनमा ६२ प्रतिशतले गरे नाम दर्ता महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता बिहान सवा ८ बजेबाट सुरू भएको हो। अहिलेसम्म ६२.४ प्रतिशतले नाम दर्ता गराइसकेको कार्यक्रममा जानकारी... आइतबार, पुस २७, २०८२
कांग्रेस विशेष महाधिवेशनमा गगन–विश्वप्रकाशको सम्बोधन (LIVE) आइतबार, पुस २७, २०८२
कांग्रेस दास र लासहरूको पार्टी होइन, अब कांग्रेसमा कार्यकर्तालाई हेप्ने दिन सकिए : गगन थापा उनले भने, ‘पार्टीको सदस्यहरूले आफ्नो हकको दाबी गरेको हो यो। आजबाट कांग्रेसमा लामो समयदेखि जाम भएर बसेको, पार्टी सञ्चालनको जुन तरिका... आइतबार, पुस २७, २०८२
ताजा समाचारसबै
विशेष महाधिवेशनमा ६२ प्रतिशतले गरे नाम दर्ता आइतबार, पुस २७, २०८२
कांग्रेस विशेष महाधिवेशनमा गगन–विश्वप्रकाशको सम्बोधन (LIVE) आइतबार, पुस २७, २०८२
कांग्रेस दास र लासहरूको पार्टी होइन, अब कांग्रेसमा कार्यकर्तालाई हेप्ने दिन सकिए : गगन थापा आइतबार, पुस २७, २०८२
कांग्रेसलाई बदल्ने छाैँ, हामी पनि बदलिने छौँ : विश्वप्रकाश शर्मा आइतबार, पुस २७, २०८२
अर्जुननरसिंहले भने:  लोकतान्त्रिक पार्टी गतिशील हुन्छ, एकै ठाउँमा जम्दैन आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
कांग्रेस विशेष महाधिवेशन पक्षधरको पदयात्रा कार्यक्रम स्थगित शनिबार, पुस २६, २०८२
देउवा पक्षधर केन्द्रीय सदस्यहरू पनि पुगे विशेष महाधिवेशन स्थलमा आइतबार, पुस २७, २०८२
कांग्रेस विशेष महाधिवेशन- ४९ प्रतिशतभन्दा धेरै प्रतिनिधिले गरे नाम दर्ता आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्