काठमाडौं– टेलीग्राम च्याट ग्रुपमा अश्लील भिडियो पोष्ट गरी आर्थिक लाभ लिने कार्यमा संलग्न एक व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा काठमाडौं बूढानीलकण्ठ नगरपालिका–९ उमंटोल बस्ने धादिङ थाक्रे गाउँपालिका–७ घर भएका १८ वर्षीय किशोर रहेका छन्।
ती किशोरीले सामाजिक सञ्जालको माध्यमद्वारा प्रेमी–प्रेमिकाको बहानामा अनलाइन अश्लील क्रियाकलाप गर्ने र उक्त क्रियाकलापको श्रव्यदृश्य तथा तस्बिरहरू गोप्य रूपमा अभिलेखीकरण गर्ने गरेको प्रहरीको दाबी छ।
त्यसपश्चात सामाजिक सञ्जाल टेलीग्राममा निर्माण गरिएका विभिन्न च्याट ग्रुपहरुमा आर्थिक लाभका लागि सोही अश्लिल भिडियो तथा तस्बिरहरु प्रसारण गरी महिला तथा नाबालिकाहरुको चरित्रहत्या गर्ने, दुःख हैरानी दिने कार्यमा संलग्न रहेकोले उनलाई नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।
उनीउपर काठमाडौं जिल्ला अदालतबाट ४ दिन म्याद थप गरी प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।