काठमाडौं– नेकपा (एकीकृत समाजवादी)का नेता सम्मानित झलनाथ खनाल र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवबीच शुक्रबार बिहान भेटवार्ता भएको छ। खनालको डल्लुस्थित निवासमा भएको पार्टी एकता गर्नेबारे छलफल भएको स्रोतले जनाएको छ।
केही दिनअघि यादवले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पनि भेटेका थिए।
गत आइतबारमात्रै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा (एमाले)सहितको सर्मथनमा प्रधानमन्त्री बन्दा जसपाले सर्मथन गरे पनि एकीकृत समाजवादीले समर्थन गरेको थिएन।
गत बुधबार पनि प्रधानमन्त्री प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष नेपाल र जसपा अध्यक्ष यादवबीच छलफल भएको थियो।
सरकारमा सहभागी हुन कार्यकारिणी र राजनतिक समिति बैठक बोलाएको जसपाले एकीकृत समाजवादीलाई पनि सरकारमा लैजाने गरी प्रत्यन्त गरिरहेको बुझिएको छ।
यद्यपि, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका बीचमा एकीकरण गरेर समाजवादी केन्द्र बनाउनेबारे छलफल चलिरहेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।