तस्बिर : मनिष अर्याल/नेपाल लाइभ।
काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तमु समुदाय विश्वभरीका लागि इमान्दारिता, पारदर्शिता, निष्ठा, त्याग, बलिदान र समर्पणको पर्यायको रुपमा स्थापित रहेको बताएका छन्।
तमु ल्होसारको उपलक्ष्यमा शुक्रबार काठमाडौंको टुँडिखेलमा आयेजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताएका हुन्।
‘तमु समुदायको आफ्नै मौलिक र ऐतिहासिक पहिचान स्थापित छ। आफ्नो इमान्दारिताका कारण, आफ्नो लगन र निष्ठाका कारण, आफ्नो विरता बलिदानको कीर्तिमानका कारण तमु समुदाय नेपाली मात्रमा गर्वको एउटा पहिचान हो,’ प्रधानमन्त्री प्रचण्डले भने,‘विश्वभरीका लागि पनि इमान्दारिता, पारदर्शिताका, निष्ठा, त्याग, बलिदान र समर्पणको पर्यायको रुपमा स्थापित छ।’
यस्तै, तमुहरुको ल्होसार मनाउने प्रक्रिया बुद्ध जन्मिनु अघिबाटै थालेको अन्वेषकले पत्ता लगाएका पनि प्रधानमन्त्री प्रचण्डले दाबी गरे।
तमु समुदायले शुक्रबार बाघ वर्षको बिदाई र बिरालो वर्षको स्वागत गरि देशका विभिन्न स्थानमा ल्होसार मनाइँदै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।